बारम्बार सोधिने प्रश्न
विदेशी ऋणबारे धेरै सोधिने प्रश्नहरू यहाँ छन्। थप जिज्ञासा नेपालीमै सोध्नुहोस्।
के विदेशीले कोरियामा लोन/ ऋण पाउन सक्छन ?
सजिलै सम्भब छ, KPLUS कोरियामा रहनु भएका विदेशीहरुको लागि एक लोन/ ऋण सेवा हो।
के फरक-फरक भाषामा सेवा सहयोग उपलब्ध छ?
हामी मंगोलिया, कम्बोडिया, नेपाल, इन्डोनेसिया, म्यानमार, थाइल्यान्ड, श्रीलंका, उज्बेकिस्तान, भियतनाम, रुस र अंग्रेजी गरी फरक-फरक भाषामा सेवा उपलब्ध गराउँछौं। विदेशी ग्राहकहरूले पनि हाम्रो सेवा सजिलै प्रयोग गर्न सक्नुहुन्छ।
कुन-कुन भिषाले ऋण आवेदन दिन पाँऊछन्, के कस्तो अवस्था पूर्ति हुन पर्छ ?
E-9, E-7, F-2, F-4, F-5, F-6 भिसा लिएर कोरियामा बस्दै काम गरिरहनुभएको छ भने, कामको क्षेत्र जस्तोसुकै भए पनि आवेदन दिन सक्नुहुन्छ। आवश्यक कागजातहरू मात्र तयार भएमा आवेदन दिन सकिन्छ। कोरिया आएपछि कम्तीमा 1 पटक तलब पाएपछि मात्र आवेदन दिन सकिन्छ।
मैले कति सम्म ऋण लिन पाँउछु, ब्याजदर कति रहन्छ?
ऋणको रकम न्यूनतम 50 लाख वनदेखि अधिकतम 5 करोड वनसम्म आवेदन दिन सक्नुहुन्छ। ऋणको ब्याजदर वार्षिक 14.5 % देखि 18.5 % सम्म हुन्छ र तपाईंको क्रेडिट स्कोर अवस्था तथा जाँचको आधारमा फरक हुन सक्छ।
के ब्याजदर स्थिर रहन्छ वा परिवर्तन भई रहन्छ ?
यो स्थिर (Fixed) ब्याजदर हो। ऋणको अवधिभर ब्याजदर परिवर्तन हुँदैन, त्यसैले हरेक महिना तिर्नुपर्ने किस्ता रकम पनि निश्चित हुन्छ। यसले ब्याजदर बढ्ने चिन्ता बिना सजिलै ऋण किस्ता तिर्न योजना बनाउन सकिन्छ।
ऋणको लागि धितो वा जमानत आवश्यक पर्छ ?
पर्दैन। यो क्रेडिट ऋण भएकाले कुनै धितो राख्न वा जमानत दिने व्यक्ति आवश्यक पर्दैन।
ऋण आवेदन अनलाइन बाट गर्न सकिन्छ वा संस्था/शाखामा जानु पर्दछ?
अनलाइनबाट सजिलै ऋणको लागि आवेदन दिन सकिन्छ र संस्था/शाखामा जानु पर्दैन।
ऋण आवेदनको लागि के के कागजात आवश्यक पर्दछ ? के पासपोर्ट/ राहदानी मात्र भए हुन्छ ?
ऋणको लागि आवेदन दिन विदेशी नागरिक दर्ता कार्ड (कोरियन ID), पासपोर्ट, रोजगार सम्झौता प्रमाणपत्र आदि आवश्यक पर्छ। पासपोर्ट मात्र प्रयोग गरेर ऋणको लागि आवेदन दिन सकिँदैन। जाँचको मापदण्ड वा तपाईंको भिसाअनुसार थप कागजातहरू माग्न सकिन्छ। तपाईंले बुझाउनुभएको कागजातका आधारमा ऋणको सीमा, ब्याजदार जाँच गरिन्छ।
अनलाइन आवेदनमा असहज भएमा, कार्यालयमा आएर सहायता लिन सकिन्छ ?
सामान्यतया ऋणको लागि अनलाइनबाट मात्र आवेदन दिन सकिन्छ। आवश्यक परेमा फोनबाट पनि विस्तृत जानकारी लिन सक्नुहुन्छ। कुनै पनि समयमा हामीलाई सम्पर्क गर्नुहोस्।
ऋण स्वीकृत हुन कति समय लाग्छ?
ऋण स्वीकृति, छिट्टोमा सोहि दिन, वा औसतमा करीब 2-3 दिन लाग्छ।
म सँग पहिले पनि ऋण भएको अवस्थामा अर्को ऋण थप गर्न मिल्छ ?
पहिले नै ऋण लिगीसक्नु भएको अवस्थामा सामान्यतया थप ऋण लिन सजिलो हुदैन। तर पनि KPLUS मा थप ऋण ( रिफाईनान्सीङ्ग/ ऋण पुनर्वित्त) संभव छ, यदी नयाँ ऋण सीमा तपाईंको पहिलेको अवस्थित ऋण भन्दा बढी हुन्छ र आकस्मिक लागतहरू विचार गर्दा अर्थपूर्ण हुन्छ। र यदि तपाईं आफ्नो पहिले को ऋणमा नियमित भुक्तानी गर्दै हुनुहुन्छ वा यसलाई पूर्ण रूपमा चुक्ता गरिसक्नु भएको छ भने, तपाईं समीक्षा/ रिभ्यू प्रक्रिया पछि नयाँ ऋण वा थप ऋणको लागि योग्य हुन सक्नुहुन्छ। ऋण स्वीकृति निर्णयहरू र ऋण सर्तहरू समीक्षा/ रिभ्यू मापदण्डको आधारमा फरक हुन सक्छन्।
अग्रिम ऋण चुक्ता गर्दा, अग्रिम चुक्ता शुल्क वा अन्य शुल्कहरु छन् ?
ऋण समयभन्दा अगाडि तिर्दा अग्रिम भुक्तानी शुल्क लाग्छ। ऋण लिएको मितिदेखि 3 वर्षभित्र ऋणको केही वा सबै रकम अगावै तिर्नुभयो भने, तिरेको रकमको 1% शुल्क लाग्छ। तर, 3 वर्षभन्दा बढी समय ऋण प्रयोग गर्नुभएको छ भने, अग्रिम भुक्तानी शुल्क लाग्दैन। यस बाहेक लुकेका अन्य कुनै शुल्क छैनन्। ऋण लिनुअघि लाग्ने सबै खर्च र शुल्कबारे तपाईंलाई स्पष्ट रूपमा जानकारी दिइन्छ।
ऋण प्राप्त गर्न सक्ने रकम तथा मेरो क्रेडिट स्कोर कति भनेर कसरी थाहा पाउने?
तपाईंको ऋण योग्यता र क्रेडिट स्कोर थाहा पाउन, तपाईंको आफ्नो विदेशी दर्ता कार्ड/ कोरियन ID (अगाडि र पछाडि), राहदानी/ पासपोर्टको फोटो, र रोजगार सम्झौता प्रमाणपत्र आवश्यक पर्दछ।
प्लेटफॉर्म शुल्क एकपटक वा पटक-पटक लाग्छ?
प्लेटफर्म शुल्क एकपटक मात्र लाग्ने शुल्क हो। ऋण लिँदा यो शुल्क एकपटक मात्र तिर्नुपर्छ।
प्लेटफॉर्म शुल्क कसरी तिर्न सकिन्छ?
ग्राहकलाई ऋणको पूरै रकम पठाइसकेपछि, ग्राहकले प्लेटफर्म शुल्क छुट्टै रूपमा आफैं हामीलाई ट्रान्सफर गर्नुपर्छ।
ऋण स्वीकृतिको लागि अयोग्य हुने कारणहरु के के हुन् ?
1. जुवा वा आपराधिक गतिविधि जस्ता गैरकानूनी वित्तीय लेनदेनहरू पुष्टि भएमा ऋण प्रशोधन / स्वीकृत हुन गाह्रो हुन सक्छ। 2. अन्य कम्पनीहरूबाट ऋण लिईएको अवस्थामा 2 देखि 3 महिना वा सोभन्दा बढी समयदेखि किस्ता/ रकम चुक्ता भुक्तानी नगरिएको खण्डमा ऋण प्रशोधन गर्न गाह्रो हुन सक्छ। 3. E-9 भिसाको हकमा, दुई वा बढी पटक आफ्नै मञ्जुरीमा (कम्पनीको कारण बाहेक) राजीनामा दिएको इतिहास भएमा ऋण प्रशोधन गर्न गाह्रो हुन सक्छ।
किस्ता भुक्तानी छूटेमा के हुन्छ? के यसले मेरो क्रेडिट स्कोरमा धेरै असर पार्दछ?
ऋणको किस्ता समयमा नतिरेमा ढिला शुल्क (ब्याज) लाग्न सक्छ र यसले क्रेडिट रेटिङमा पनि असर गर्न सक्छ। एकदुई पटक सामान्य रूपमा किस्ता ढिला तिर्दैमा क्रेडिट पूर्ण रूपमा खराब हुँदैन। तर, किस्ता बारम्बार ढिला भएमा वा लामो समयसम्म नतिरेमा क्रेडिटमा नकारात्मक असर पर्न सक्छ। साथै, किस्ता लामो समयसम्म नतिरेमा कानुनी कारबाही हुन सक्छ। त्यसैले सम्झौतामा तोकिएको मितिमा नियमित रूपमा ऋण तिर्नु सबैभन्दा राम्रो हुन्छ।
भर्खरै रोजगार छोडेको वा रोजगार फेर्दै गरेको अवस्थामा ऋण आवेदन दिन सकिन्छ ?
यदि तपाईं हाल काम गरिरहनुभएको छ वा भर्खरै जागिर परिवर्तन गर्नुभएको भए पनि कम्तीमा 1 पटक तलब पाएपछि ऋणको लागि आवेदन दिन सक्नुहुन्छ। तर, जागिर परिवर्तन गर्ने क्रममा हुनुहुन्छ वा अझै जागिर खोज्दै हुनुहुन्छ भने आम्दानी जाँच गर्न नसकिने भएकाले ऋणको लागि आवेदन दिन गाह्रो हुन्छ। नियमित रूपमा काम गरिरहेको र तलब पाइरहेको अवस्थामा मात्र आवेदन दिन सुझावित गरिन्छ।
ऋण स्वीकृति पछि रोजगार फेरिएमा वा रोजगार छूटेमा के हुन्छ? वित्तीय संस्थालाई जानकारी दिनु पर्छ?
ऋण लिएको अवधिमा जागिर छुटेमा वा जागिर परिवर्तन गरेमा पनि तोकिएको भुक्तानी तालिकाअनुसार ऋण किस्ता तिर्न जारी राख्नुपर्दछ। आम्दानीको अवस्था परिवर्तन भए पनि सम्झौताअनुसार ऋण किस्ता समयमा तिर्नुपर्ने जिम्मेवारी रहन्छ। त्यसैले, जागिर छुटेमा पनि योजना बनाएर ऋण किस्ता तिर्दै जानुपर्छ। साथै, ऋणको लागि आवेदन दिँदा बुझाएको जानकारीमा परिवर्तन भएमा (जस्तै: जागिर परिवर्तन, आम्दानीमा परिवर्तन) ग्राहक सेवा केन्द्रलाई अनिवार्य रूपमा जानकारी दिनुपर्छ।
के मेरो रोजगार दाता/ कम्पनीलाई मेरो ऋण बारे थाहा हुन्छ ?
थाहा हुन्न । तपाईंले लिएको ऋणको जानकारी तेस्रो पक्ष (तपाईं काम गर्ने कम्पनीसमेत) लाई कुनै पनि अवस्थामा दिइँदैन। सबै जानकारी सम्बन्धित कानुनअनुसार सुरक्षित राखिन्छ।
के ऋणले भिसा थप्ने वा परिवर्तन गर्ने प्रक्रियामा असर गर्छ?
सामान्यतया, यो ऋणले भिसा थप्ने वा परिवर्तन गर्ने प्रक्रियामा प्रत्यक्ष असर गर्दैन। तर, ऋणको किस्ता लामो समयसम्म नतिरेमा क्रेडिट जानकारीमा नकारात्मक असर पर्न सक्छ। यसका कारण भविष्यमा भिसा जाँच वा अन्य सरकारी प्रक्रियामा अप्रत्यक्ष असर पर्न सक्छ। त्यसैले सम्झौतामा तोकिएको समयअनुसार नियमित रूपमा ऋण तिर्नुहोस्।
के ऋणको लागि आवेदन दिएपछि वा स्वीकृत भएपछि पनि ऋण रद्द गर्न सकिन्छ?
रद्द गर्न सकिन्छ, ऋणको लागि आवेदन दिएपछि र स्वीकृत भएपछि पनि ऋण रद्द गर्न सकिन्छ। तर,आवेदन दिनु अघि कृपया सावधानीपूर्वक निर्णय लिनुहोस्।
के विगतमा किस्ता ढिला तिरेको ईतिहास भएपनि ऋण आवेदन दिन सकिन्छ?
सकिन्छ, विगतमा किस्ता ढिला तिरेको रेकर्ड भए पनि अहिले कुनै किस्ता ढिला भइरहेको छैन भने समस्या बिना ऋणको लागि आवेदन दिन सक्नुहुन्छ।
मेरो भीषा सकिदै छ तर भीषा थप्दै छु, के मैले ऋण पाउन सक्छु ?
भिसा थप्ने आवेदन दिएपछि आवेदनको रसिद प्राप्त गरिसक्नुभएको छ भने ऋणको लागि आवेदन दिन सक्नुहुन्छ।
ऋण किस्ता तिर्दै गरेको अवस्थामा बिदामा घर वा अन्य देश जान सक्छु ?
सक्नुहुन्छ, बिदा लिएर विदेश जान सक्नुहुन्छ। तर, ब्याज/ किस्ता तिर्नुपर्ने मितिमा ढिला नगरी तोकिएको समयमा ब्याज/ किस्ताको रकम अनिवार्य रूपमा जम्मा गर्नु पर्ने हुन्छ।
के ऋण आवेदन अस्वीकृत भए पछि पनि पुन: आवेदन दिन सकिन्छ?
ऋणको आवेदन अस्वीकार भए पनि, अस्वीकार हुनुको कारण को समाधान वा जानकारीमा परिवर्तन भएमा फेरि ऋणको लागि आवेदन दिन सक्नुहुन्छ।
लोन मौज्दात, ब्याजदर, किस्ता भुक्तानी अवधि कसरी जाँच गर्ने ?
ऋणसम्बन्धी जानकारी ग्राहक सेवा केन्द्रमार्फत जाँच गर्न सक्नुहुन्छ। बाँकी रकम, ब्याजदर, ऋण तिर्ने अवधि आदि बारे थप जानकारी चाहनुहुन्छ भने ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्। हामी तपाईंलाई सही र सजिलो तरिकाले जानकारी दिनेछौं।